Sur Cinema

‘मोहर’को गीत ‘सपना हो कि विपना हो’: पल, नीति र बेनिशाको पीडा

काठमाडौं : सिनेमा ‘मोहर’ को ‘सपना हो कि बिपना हो कि जिन्दगी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। साउन २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमाको गीतमा पल शाह, नीति शाह र बेनिशा हमालको हृदयविदारक प्रेम र वियोगलाई देखाइएको छ।

थानेश्वर गौतम र शान्ती श्री परियारको भावपूर्ण स्वरले सजिएको यस गीतले दर्शकको मन छुने अपेक्षा गरिएको छ। प्रभा बर्तौलाको शब्द र थानेश्वर गौतमको संगीत रहेको यस वियोगान्त गीतमा प्रेममा आउने उतारचढाव र त्यसले निम्त्याउने पीडालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

फिल्म मेकर्स प्रालि को ब्यानरमा निर्माण भएको यस सिनेमालाई ओम प्रतिकले निर्देशन गरेका हुन्। सिनेमामा पल शाह, बेनिशा हमाल र नीति शाहसँगै अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। चुम्बनजंग शाही यसका निर्माता हुन्।

सिनेमाको ट्रेलर र यसअघि सार्वजनिक भएका गीतहरूले दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन्। यस नयाँ गीतले पनि सिनेमाको प्रतीक्षालाई अझ बढाउने निश्चित छ।