काठमाडौँ : रोहित अधिकारी फिल्मस् प्रा.लि. को प्रस्तुतिमा निर्माण भएको नयाँ सिनेमा ‘माइतीघर’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूलाई देखाइएको छ, जसबाट यो सिनेमा पारिवारिक कथामा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ।
सिनेमाको पोस्टरमा प्रमुख कलाकारहरू मुस्कुराइरहेका छन् भने, तल्लो भागमा देखिएका कलाकारहरूमा केही द्वन्द्व र तनाव झल्किएको छ। यसले सिनेमाभित्र सुखद र दुखद दुवै पक्षलाई समेटिएको हुनसक्ने सङ्केत गर्दछ।

मिलन तामाङले निर्देशन गरेको यो सिनेमा दशैंको फूलपाती (असोज १३ गते / सेप्टेम्बर २९) देखि प्रदर्शनमा आउनेछ। सिनेमालाई रविन शेरचन र धिरज तामाङले निर्माण गरेका हुन्। यसमा कार्यकारी निर्माताको रूपमा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन्।
सिनेमाको कथा चन्द्रकुमार दोङले लेखेका हुन्।भने रामशरण पाठकको पटकथा सिनेमामा रहेको छ। सिनेमामा केदार घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिङ ठकुरी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।















