Sur Cinema

‘रियाल रिङ्गेट’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं : नेपाली समाजको संवेदनशील विषयवस्तुमा आधारित सिनेमा ‘रियाल रिङ्गेट’ आजदेखि देशभरका सिनेमाहलहरूमा प्रदर्शनमा आएको छ। यो सिनेमाले विदेशमा काम गर्ने नेपाली श्रमिकहरूको सङ्घर्ष र जीवन भोगाइलाई देखाएको छ।

प्रिमियरमा सिनेमाको कथा र अभिनयको दर्शकहरूले निकै प्रशंसा गरेका थिए। कतार, साउदी अरेबिया र मलेसियाको मुद्राको नामबाट राखिएको यो शीर्षकले प्रवासी जीवनको कथालाई सङ्केत गर्छ।

प्रमोद चौलागाईं र निता ढुङ्गाना प्रमुख भूमिकामा रहेको यस सिनेमालाई विभोर पोखरेलले निर्देशन गरेका हुन्। यसमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइरालालगायतका कलाकारको पनि अभिनय रहेको छ।