काठमाडौं : सुशील पोखरेलको निर्माण रहने सिनेमा ‘परालको आगो’मा भर्सटायल अभिनेता सौगात मल्लको प्रवेश भएको छ। उनलाई निर्माण टिमले बिहीबार औपचारिक रुपमा अनुबन्ध गरेको हो। सिनेमामा सौगातको प्रवेश भएसँगै कलाकारको लाइनअप अब भने पूरा भएको निर्माण टिमले जनाएको छ।
यसअघि सिनेमाका लागि प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्।
कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित सिनेमामा सौगातलाई ‘जुठे धमाई’को पात्रमा देख्न पाइनेछ। दलित समुदायको संघर्ष र सामाजिक विभेद जस्ता संवेदनशील विषयवस्तुलाई यस् सिनेमा मार्फत देखाइने बताइएको छ।
लक्ष्मण सुनारको निर्देशन रहने यस् सिनेमामा वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत रहनेछ। आगामी भदाै २६ गतेदेखि म्याग्दी आसपासबाट सिनेमाको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ।सिनेमालाई संकल्प भुजेलले खिच्दैछन्।















