Sur Cinema

‘फ्राइडे रिलिज’: आजबाट ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ प्रदर्शनमा

काठमाडौं : नयाँ ३ नेपाली सिनेमाहरु आजबाट प्रदर्शनमा आएका छन्। ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ आज शुक्रबार प्रदर्शनमा आएका हुन्।

​’माग्ने राजा’मा केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन्। यसले एक सामान्य मान्छेको धनी बन्ने महत्त्वाकांक्षाको कथा भन्छ। ऋषि लामिछाने निर्देशित यो सिनेमामा वर्षा सिवाकोटी र विल्सन विक्रम राईको पनि अभिनय छ।

त्यस्तै, ​’जनै हराएको मान्छे’ले बाबु-छोरा र दिदी-भाइको सम्बन्धको कथा देखाउँछ। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, र गौरव पहारी लगायतका कलाकारहरूको अभिनय छ।

त्यसैगरी ​आशान्त शर्माले निर्देशन गरेको ‘ताराहरु’मा निराश भएर आत्महत्या गर्ने सोचमा पुगेको एक किशोरलाई उसका साथीहरूले जीवन जिउन प्रेरित गरेको कथा छ। यसमा आशान्त शर्मा, मेनुका प्रधान, र कुन्दुन शाक्यको अभिनय छ।

यि ३ वटै सिनेमाले दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ। फरकफरक जनराका यि सिनेमाहरुको व्यापारिक र समिक्षात्मक अवस्था कस्तो हुन्छ, त्यो त केही दिनपछि थाहा होला।