Sur Cinema

घर चितवनमा, स्टेरिङ हातमा, मेकर ‘भाड’मा !

काठमाडौं : सिनेमामा नदेखिदै ‘नायिका’ बनाइएकी गरिमा शर्माको सिने अभिनय यात्रा पनि लामै भयो । उनको कमाई पनि राम्रो छ । आफुले आफुलाई राम्रो संग ग्रुम गर्दै लगेकी पनि छन् ।

उनले गाडी किनिन । खुब चर्चा भयो । हलमा सिनेमा आउने बेला भन्दा ज्यादा गाडीको चर्चा भयो । उनले कुनै कुनै अन्तर्वार्तामा आफ्नो घर भएकोले गाडी किनेको बताईन । चितवनमा उनको घर रहेको र अब गाडी आवश्यक भएकोले उनले गाडी किनेको बताएकी हुन् । भलै उनी स्टेरिङ घुमाउने भए पनि कुनै पनि कार्यक्रममा समयमा पुग्दिनन । अझ लाजै पचाएर पत्रकारलाई “मेरो ज्यान भन्दा तपाईको केही समय महत्वपूर्ण भयो र !” भन्ने जेरी शैलीको जवाफ दिन्छिन् ।

हाल सम्म उनले चार वटा सिनेमामा काम गरिसकेकी छिन् । ‘वर एन्ड बधु’, ‘लन्डन टु पेरिस’, ‘ह्र्स्व दीर्घ’ र हाल प्रदर्शनरत ‘जन्ते बाख्रो’ सम्म आईपुग्दा उनले सिनेमाको मुख्य भुमिकामा आफुलाई उतार्ने अवसर पाईन । तर उनका कुनै पनि सिनेमाले बक्स अफिसमा बबाल गर्न सकेनन । बरु आएको गएको पत्तो नै भएन । तर गरिमाको घमण्ड भने कम भएको छैन । त्यसैले त होला एक भारतिय टुक्का छ नी “भाडमे जाओ” त्यसै गरि गरीमाले पनि मेकरलाई लिएको देखिन्छ । आफ्नो घर छदैछ अब गाडी पनि किनियो मेकरले जे सुकै गरून् भन्ने भाको होला ।

हुन त मेकरलाई पोस्टरको पैसा समेत फिर्ता नल्याउने संख्यामा दर्शक तान्ने नायिकाहरु केकी अधिकारी, निशा अधिकारी, सुरक्षा पन्त लगायत पनि त एक दुई सिनेमाको सफलताको “ब्याज” खादै बसेका छन् । अब त्यही लिस्टमा गरिमा थपिएलिन । हैन त ?