Sur Cinema

अनुको स्वरमा ‘बाबुजी…’ : आराध्यालक्ष्मीको धमाकेदार नृत्य

काठमाडौं : श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीको अभिनय रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ ।डान्सिङ प्याट्रन रहेको गीतको भिडियोमा आराध्याको धमाकेदार नृत्य देख्न सकिन्छ । अनु चौधरीको स्वर रहेको गीतमा उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ/माष्टरिङ रहेको छ ।

उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा विशाल थापा र टिमको सिनेमाटोग्राफी रहेको छ भने मीन रावलको दृश्य सम्पादन गरेका हुन् ।

विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।