Sur Cinema

अविवाहित भोलाले कसलाई भने ‘गैदिउँ भागेर’ ?

काठमाडौं : पुर्वेली गायक अर्जुन घिमिरे र बिन्दु परियारको स्वरमा रहेको गीत ‘गैदिउँ भागेर’ सार्वजनिक भएको हो । गीतमा लय रबिन अधिकारीको छ भने शब्द रचना भोला अधिकारीको रहेको छ ।

पुर्वको ओखलढुङ्गा,पोकली झरना,उदयपुर,सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएका छन् ।गीतकार अधिकारीले माया प्रेमका भावमा प्रकृति र ठाउँ विषेशलाई गीतको शब्दमा उनेका छन् । गीतको भिडियोमा गायक घिमिरेकै अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराईलीले साथ दिएका छन् ।

केबी भण्डारीको एरेन्ज गरेको यो गीतको भिडियोमा दीपेश एसकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। भिडियोलाई प्रेम लामाले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।