Sur Cinema

‘मिरमिरे’मा दया

काठमाडौं : यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष सिनेमा रिलिजको घोषणा समेत गरेका थिए ।

दया सङ्ग यमको यो दोस्रो सहकार्य हो । ‘मिरमिरे’को लाइनअप बलियो हुने यमको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् । यार्सा फिल्म्सको प्रस्तुति रहने यश सिनेमाले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ ।

सिनेमाको निर्देशन सँगै कथा पनि यम शेर्पा स्वयंको रहनेछ ।निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो सिनेमाको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।