Sur Cinema

चन्द्रको निर्माणाधीन सिनेमामा आमा बन्दै बिपना थापा

काठमाडौँ : निर्माणाधीन सिनेमा ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् । उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन् । सिनेमा ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो । निर्देशक पन्तले सिनेमा ‘आ बाटा आमा’मा विपनाको शीर्ष भूमिकामा रहने छ। उनैको कथा वरिपरी सिनेमाको कथा घुम्नेछ।

आगामी भदौँ देखि छायाँकनमा जान लागेको यस सिनेमामा काम गर्न पाउँदा आफु निकै उत्साहित भएको विपनाको भनाई छ। अभिनेत्री थापाले पनि यस सिनेमा कथा सुन्दा नै आफुलाई भावुक बनाएको र काम गर्न राजी भएको जानकारी दिइन्।

यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन् । यो सिनेमाले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस सिनेमाको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो । सिनेमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ ।

आमाको भुमिकामा विपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ । अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए । उनका अनुसार यो सिनेमा आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।