काठमाडौं : पछिल्लो समय अत्याधिक मात्रामा सिनेमा निर्माण घोषणा हुन थालेको छ । सोही क्रममा बुद्ध जयन्तीको अवसर पारेर सोमबार बाबुसाहेब बलामीले ‘तुलसीराम’ नामक सिनेमाको निर्माण घोषणा गरेका छन् ।
हुन त उनको लागि सिनेमा घोषणा गर्नु नौलो होइन । किनकि यसअघि पनि बलामीले चल्तिका कलाकार प्रियका कार्कीलाई मुख्य पात्रमा लिएर ‘माईली’ घोषणा गरि शुभमुहूर्त सम्म गरेका थिए । शुभमुहूर्तको दोश्रो दिन नै छायांकनमा जाने हल्ला पनि चलाए तर त्यो हल्ला मै सिमित भयो ।
यतिमात्र होईन यो भन्दा अगाडी पनि उनले फाईभ स्टार होटलमा एकै चोटी दश वटा सिनेमाको निर्माण घोषणा गरेका थिए । एउटा सिनेमा ‘कस्मीर लभ’को आधाउधी छायांकन भयो तर त्यसपछि कता गयो गयो, बाँकी को त के कुरा गर्नु !
अहिले पनि चल्तिका कलाकारहरु राखेर निर्माण गरिने भनिएको सिनेमा ‘तुलसीराम’ घोषणा गरे त्यो पनि शंकर अधिकारीको लेखनमा ! यो सिनेमा पनि बन्छ कि माईली जस्तै हुन्छ होला बलामी जी !















