Sur Cinema

‘झिल्को’ माथी एक झलक लगाउ न !

काठमाडौं : ‘झोला’ फेम्ड निर्देशक यादव कुमार भट्टराईले लामो समयको अन्तरालमा सिनेमा ‘झिल्को’ लिएर आएका छन् । आजबाट हलमा लागेको सिनेमाको चहलपहल भने शून्य जस्तै छ । सिनेमामा भट्टराई त क्याप्टेन अफ सीप भैगए । त्यो सङै सिनेमामा वर्षा सिवाकोटी, सुनिल पोखरेल, भोलाराज सापकोटा, विशाल पोखरेल जस्ता चलेका देखि अब्बल अभिनय गर्ने कलाकार रहेका छन् । बाल कलाकार आयुशी ढकाल पोस्टर मै अब्बल देखिएकी छन् । “द स्पार्क अफ एडिक्सन” लेखिएको पोस्टर कलात्मक लाग्छ ।

‘झिल्को बन्यो डढेलो निभेन’ भावमा पुरै सिनेमा बगेको छ । बर्तमान समयमा मोबाईल र त्यस भित्रका सामाजिक सन्जालको बिकृतिलाई समग्रमा सिनेमाले बोल्छ । सामाजिक सन्जालले ल्याएका परिवार बिघठन र बिग्रहका ब्यथा समेटिएको छ सिनेमामा । हर एक नेपालीले अझ अभिभावक र बालबालिकाले हेर्नै पर्ने सिनेमा बनेको यसको टिजर र ट्रेलरबाट प्रस्ट हुन्छ ।

तर प्रचार सहि तरिकले नहुदा अझ सत्य बोल्दा, प्रचारमा पर्याप्त लगानी गर्न नसक्दा सिनेमा ‘झिल्को’ डढेलो नबनेर झिल्को मै अडिने पो हो कि भन्ने डर बढेको छ मेकरमा ।

वर्षाले धेरै सिनेमामा चलेका मेकरसङै सहकार्य गरेकी छन् । उनी भएका सिनेमा चलेका पनि छन् । तर उनको समाजमा जागरण ल्याउने सिनेमा हलमा लाग्दै गर्दा कुनै पनि मेकरले उनी माथी सहयोगको भावना देखाएनन । उनी एक्लै सामाजिक सन्जालमा एक अर्काको नकारात्मकता हटाएर सहयोग गरि सिनेजगत बचाउ भन्दै छिन् ।

निर्देशक भट्टराई त झन एकै सिनेमाले स्थापित निर्देशक हुन् भन्दा फरक नपर्ला । गरिमा पन्तलाई अहिले सम्म पनि यादवको झोला सिनेमाले नै चिनाएको छ । स्वर्गीय दिपक क्षेत्रीको अभिनय क्षमता माथी भट्टराईले “चार चाँद” लगाउने काम गरेका थिए । तर राम्रो कृति सिर्जना मात्रैले सिनेमाको व्यापार नहुदो रहेछ । त्यसैले एक अब्बल सिनेमा दिएका निर्देशकको अर्को कृति माथी पनि बिश्वास गरेर दर्शक हल सम्म जान सके भट्टराईको अर्को सिनेमाका लागि दशक सम्मको पर्खाई गर्नु पर्ने थिएन ।

नाटकमा ठाँट जमाएका सुनिल पोखरेललाई सिनेमामा देखिदै छ । लामो समय पछि उनी यही सिनेमामा देखिएका हुन् । अभिनय र नृत्य नै नभएका महानायक राजेश हमालको कमब्याकलाई लिएर यत्रो होहल्ला हुँदै गर्दा हर एक कोशमा अभिनय मात्रै बोकेर हिडिरहेका सुनिललाई हेर्न मात्रै पनि दर्शक हल सम्म जान आवश्यक छ ।

भोला राज सापकोटाको अभिनय बारे पनि दर्शक जानकार छन् । आफ्नो रिल अब्बल तरिकाले निभाउन उनलाई जो कोहीले सक्दैन । होइन भने अडिसन मै अड्किने बिपिन कार्कीहरुको भिडमा बलिउड अभिनयको यात्रा यसै त तय भएको होइन नी उनको ।

बाल कलाकार आयुशी ढकाल र विशाल पोखरेल पनि सार्वजनिक सबै सामाग्रीमा अब्बल देखिएका छन् । आजबाट हलमा लागेको सिनेमाको प्रचार प्रसार भने छैन । त्यसो त वर्षाका पछिल्लो समय चलेका सिनेमा ‘छक्का पन्जा’ सिरिजले उनको अहिले सम्मकै कोशेढुङ्गा पारेको भन्दा फरक नपर्ला । उनकै शब्द सापटी माग्दा एक दशक भएछ उनको अभिनय यात्राको । तर ‘झिल्को’मा उनको डाईलग डेलिभरी हेर्दा अन्य सिनेमा भन्दा माथी पुगेर अभिनय क्षमता वृद्धि भएको देखिदैन ।

आज बाट झिल्को सोलो रिलिज भएको छ । खर्च गर्न नसक्दा सिनेमा प्रमोसन नहुने भन्ने आरोप पनि पत्रकार माथि छ । यस्तोमा सबैले ‘झिल्को’ माथी एक झलक लगाउन सके एक राम्रो सिनेमा दर्शक नपाएर हलबाट दुई दिन मै उत्रने अवस्था आउने थिएन कि ?