काठमाडौं : नायिका सुरक्षा पन्त विवादमा परेकी छन । राजावादीहरु उनको बिरुद्ध खनिएका हुन् । पुर्व राजाका नातिलाई कला क्षेत्रमा आउन भनेकै कारण उनी माथी अतिवादीहरुको समूह खनिएको हो । उनले आफू माथि खनिनेहरुलाई मिट्ठो शैलीमा सस्कार नभएका भनेर जवाफ पनि दिएकी छन् ।
उनलाई साथ दिन कला जगतका केही ब्यक्ती बाहिर आए । त्यस मध्य एक बनिन कलाकार ऋचा शर्मा । उनले खुलेरै आफू साथमा भएको बताईन । तर सुरक्षालाई साथको आवश्यकता थियो कि थिएन उनै जानुन । खैर, ऋचाले साथ दिइन । तर उनको साथ पनि खै कस्तो सस्तो देखिएको छ ।
बाबुराम धिताल नामक ब्यक्तीले उनको पोस्टलाई लिएर अश्लिल म्यासेज गरेका छन् । जुन गलत हो । यस्ता ब्यक्तीलाई सार्वजनिक बहिस्कार र कानुन अनुसार सजाय दिलाउन जरुरी छ । कुनै पेशा माथीको यस्तो टिप्पणी सैह्य कुनै पनि हालतमा छैन । ऋचाले उक्त म्यासेजको स्कृनसट सेयर गरेकी छन् ।
तर उनले सेयर गर्दै गर्दा लेखेका शब्दले उनकै सोचलाई पनि नाङ्गो पारेको छ। “यो तिम्रो परिवारको लागी, तिम्री छोरीको लागी, आमा र तिम्री श्रीमतीका लागि बाबुराम धिताल” उनले अङ्रेजीमा यस्तै आशयको क्याप्सन लेखेकी छन् । बाबुराम कदापी सही होइनन । तर के ऋचा जत्तिको कलाकारले उनको परिवारका महिला पात्र तिरै औला उठाउन जरुरी छ? के उनको बौद्धिक स्तर र सोचाईको लेभल यति नै हो त ?
बिरोध समर्थन एक ठाउँमा छ तर अरुलाई चोर औला देखाउदा आफू तिर फर्किने चार औलाले के भन्दै छ त्यता पनि ध्यान दिने कि ऋचा जी? पोस्ट हटाउन सहज होला, तर इन्टरनेटमा पोस्ट गरिएको तपाईका कुरा कही न कही त सुरक्षित नै हुन्छन नी । तपाईले जस्तै स्कृनसट त अरुले पनि सुरक्षित गर्न सक्छन । गलतलाइ गलत भन्ने हिम्मत तपाईमा छ । तर आफू सही बन्न आफू जस्तै अरुलाई गलत बनाउन त भएन नी !















