काठमाडौं : सुरेन्द्र पौडेल निर्देशित सिनेमा ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमाको ३६ दिनमा सुटिङ सकिएको हो ।
सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो सिनेमा सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहने सिनेमा कथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डिओपी मानकृष्ण महर्जनको छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो । यो सिनेमालाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।















