काठमाडौं : अहिले सामाजिक संजालमा कलाकार प्रियंका कार्कीको एउटा ट्रोलले माहौल तताएको छ । “मैले पाउनु अघि नै मेरो छोरीको तस्विर बाहिर आईसकेछ” । यो उनले आफुले अपरेसन गरि जन्माएकी छोरी आफुले लिन पाउनु अघि नै तस्विर भाइरल भएको भनिएको हो । तर मिम कन्टेन्टको खोजीमा रहेकाहरुले कार्कीलाई उडाउने मौका किन छोड्थे र !
प्रियंका आफ्नी छोरीलाई सामाजिक संजाल मार्फत सबैलाई देखाउने योजनामा थिइनन् । तर, उनले आफैले छोरीको अनुहार नदेख्दै सामाजिक संजाल प्रयोगकर्ताले देखिसके पछि सन्जालमा लुकाउछु भन्नुको के नै तुक रह्यो र !
यता कलाकार द्वय विजय बराल र प्रमिला खनालका छोरा प्रजय खनाल बरालको तस्विर पनि सामाजिक संजालमा खोज्दा खासै पाईदैन थिए । तर जब विजयको सिनेमा ‘पुर्ण बहादुरको सारङ्गी’ चल्यो तब भने तस्विरहरु प्रमिला स्वयमले सामाजिक सन्जालमा पोस्ट गर थालेकी छन् । केही समय अघि मात्रै “स्टोरीमा हाले पनि सार्वजनिक रुपमा पोस्ट गर्दिन” भन्ने प्रमिलाले नै अहिले फेसबुकको कभरमा छोरा सहितको तस्विर राखेकी छन् । हुन त चर्चाको भोक कस्लाई हुन्न र ! अझ उनीहरु दुबै नै कलाकार भए ।
अर्का कलाकार जोडी जीवन भट्टराई र लक्ष्मी बर्देवाका पनि एक छोरा छन् । लामै समय यी दुईले पनि आफ्ना छोरालाई लुकाएरै तस्विर राखे । अनुहार लुकाउदै टिकटक तिर यी दुईले संजालमा अनुहार नै नदेखाउला झै गरे । तर यो चटक पनि लामो समय चलेन । अहिले अनुहार देखाएर मात्र होइन बच्चालाई क्यामेरा हेर्नै मन नलाग्दा पनि उनीहरु भिडियो अन गरेर दुनियाँ माझ देखाईरहेका भिडियो सामाजिक संजालमा प्रसस्तै पाईन्छ ।
यता अर्की नायिका रेखा थापाको पनि देखाउने र लुकाउने राम्रै खेल चलिरहेको छ । उनी अरु कसैले छोरीको तस्विर खिच्न खोज्दा पनि रोक्छिन होला सायद । तर बच्चा आफ्नै नहुदा त अति नै सुन्दर लाग्छन भने रेखाको त आफ्नै सन्तान हुन । उनलाई पनि आफ्नी छोरीको सुन्दरता र चन्चलता दुनियाँ माझ देखाउन किन मन नहोला र ! एक वर्ष पुगेकी छोरीको तस्विर लुकाएझै गरेर उनले आफैले देखाईदिन । भलै उनकी छोरीको “फ्रन्ट फेस” वाला तस्विर अझै पनि सामाजिक संजालमा छैन् ।
अहिले सामाजिक सन्जालले जीवन सहज बनाएको छ । कमि त के को हुदैन र ! तर संजाल कै प्रयोग गरेर धेरैले काम पाएका छन जानकारी पाएका छन र जीवन पनि सहज बनाएका छन् । कलाकार कै कुरा गर्दा त उनीहरु जसरी पनि आम दर्शक माझ आउन चाहिनै रहेका हुन्छन् । यस्तोमा सन्तानलाई भने संजालमा लुकाउछु भन्नू असम्भव जस्तै नै हो । अरुको कारण भन्ने पाटो नै बिर्सिने हो भने पनि उनीहरु आफै पनि कति नै समय लुकाउने रहेछ र सन्तानलाई ।
साधारण मानिसले त चाहेको खण्डमा आफ्ना सन्तानलाई संजालमा नदेखाउन सक्लान । तर सेलिब्रेटीहरुको यो प्रयास भने निरर्थक जस्तै देखिन्छ । सामाजिक संजालको अधिक प्रयोग बालबालिका त के बयस्क कै लागि पनि घातक छ । त्यसैले यो लुकामारी खेल्नु र नटिक्ने बचनको बाचा गर्नु भन्दा मन भए देखाउने नत्र लुकाउने गर्न सके बेस हुने थियो कि? बाकीँ त आफ्नै सन्तान हुन जे गरे पनि आफ्नै मर्जी न हो ।















