काठमाडौं : पछिल्लो समय सिनेजगतमा चर्चामा रहेको बाल कलालाए हुन् आयुषी ढकाल । दश वर्षकि आयुषी अभिनयमा उमेर भन्दा धेरै पाकी देखिएकी छन् । “रंगी” सिनेमामा बाल कलाकारको भुमिकामा देखिएकी उनी निखारिएकी अभिनेत्री झै देखिन्छ । हुन त बाबू छोरीको कथामा बनेको सिनेमा ‘रंगी’ उनकै काधमा छ भन्दा फरक पर्दैन । सिनेमा सफलताका साथ दोस्रो हप्तामा प्रदर्शन भैरहेको छ ।
‘प्रेमगन्ज’ सिनेमा मार्फत पाँच वर्षको उमेरमा डेब्यु गरेकी उनले आधा दर्जन सिनेमामा काम गरिसकेकी छन् भने एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत उनले चल्तिका अभिनेत्रीहरु संग स्कृन सेयर गरिसकेकी छन् । बाल कलाकारको रुपमा भित्रीएकी उनी अब्बल कलाकारको रुपमा स्थापित हुनेमा कुनै दुईमत छैन् । उनै बाल-कलाकार आयुषीको सुरसिनेमाकर्मीले क्यामेरामा कैद गरेका तस्वीरहरु हेरौ ।























