Sur Cinema

‘भुठान’को असन्तुष्टिपछि निफकोे राष्ट्रिय प्रतिस्पर्धामा छानियो ‘सानो संसार’  

काठमाडौं : आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सिनेमा ‘सानो संसार’ छनिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

 माघ २ गते ७० देशको ६०० बढी सिनेमाबाट ४० देशका ८७ सिनेमा महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरेको थियो । उक्त मध्य नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको सिनेमा ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो सिनेमालाई महोत्सवबाट हटाईएको हो ।

उक्त सिनेमालाई हटाएपछि त्यसको सट्टामा अर्को सिनेमालाई समावेश गर्न सकिने हुनाले इच्छुक सिनेकर्मीहरुलाई आबेदनको लागि आयोजकले सामाजिक सञ्जाल मार्फत आवह्रान गरेको थियो । त्यसपछि प्राप्त सिनेमाहरु मध्यबाट ‘सानो संसार’ छानिएको आयोजकले विज्ञप्ति मार्फत जनाएको छ ।