काठमाडौं : माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रशान्त तामाङको निर्देशनमा निर्माण भएको सिनेमा ‘सारंग’को टिजर सार्वजनीक गरिएको छ । सिनेमाको एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर र दुई साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरेको देखिन्छ ।
सिनेमाको बिहीबार सार्वजनिक टिजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ । सिनेमामा कोरियोग्राफरको रुपमा परिचीत निर्देशक तामाङ स्वंयमको लेखन पनि रहेको छ ।
सिनेमामा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको सिनेमाका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत रचना र सुष्मा राईको कोरियोग्राफी रहेको सिनेमाको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको सिनेमालाई स्टेशन ५ ले बितरण गर्दैछ ।















