काठमाडौं : बालगायक मृदुल राठिको पहिलाे गीत ‘मेरो मन्दिर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा राठि स्वयंमको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको छ ।
आफ्नो परिवार प्रतिको प्रेम र त्यागमा समर्पित उक्त भिडियोमा बालगायक राठिकै बुबा आमाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् भने सिनेमेटोग्राफर निसल पाैडेल रहेका छन् ।
भिडियाे र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्ताप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावककाे प्रेमप्रति देखाएकाे सम्मानलाई झल्काएको छ ।















