Sur Cinema

चक्रन जलको ‘दिन कटाउनै गाह्रो’ : देशको वर्तमान अवस्थालाई चित्रण

काठमाडौं : सागर बास्तोलाको शब्दमा चक्रन जल परियारको संगीत तथा स्वरमा सजिएको गीत ‘दिन कटाउनै गाह्रो’ बोलको सन्देशमुलक गीत सार्बजनिक भएको छ । उक्त भिडियोले देशको वर्तमान परिस्थितीलाई चित्रण गरेको देखाउँछ ।

गीतको भिडियोमा पनि चक्रन जल स्वयम् ले अभिनय गरेका छन् । उनलाई उनका साथीहरुले पनि सहयोग गरेका छन् । भिडियोका मुख्य पात्र चक्रञ्जल विदेश जानु अघि साथीहरुसँग भेटघाट गरेर रमाईलो गरेको पललाई भिडियोमा देखाइएको छ ।

नेपालमा जति कमाए पनि दुई छाक खानु बाहेकको उपलब्धी हुन नसकेको हुँदा बिदेशीनु परेको अवस्था यस भिडियोमा देखाइएको छ । नेपालको कमाई अनुसार खर्च धेरै भएको विषयलाई भिडियोमार्फत उठान गरिएको छ भने देशमा विद्यमान भ्रष्टाचार र अनियमितताको विरुद्धमा पनि भिडियोमार्फत प्रहार गरिएको छ ।

बिशाल निरौलाले संगीत संयोजन गरेको गीतलाई रञ्जन राईले अलङ्कार स्टुडियोमा रेकर्ड र मिक्सिंग गरेका हुन् । चर्चित बाँसुरी बादक रत्न वि.क.को बाँसुरीसँगै सञ्जिव बराईलीको गितार र मदन रेग्मीले मादल बजाएका छन् । ए.जे. अजुले छायांकन गरेको भिडियोको इडिट जोह्न राईले गरेका छन् ।