Sur Cinema

‘माइतीको गाउँमा’ नाच्दै झरना थापा

काठमाडौं : लामो समय पछि नायिका तथा निर्देशक झरना थापालाइ भिडियोमा देख्न पाइएको छ । निर्देशक कृष्ण पौडेलले उनै झरनालाई ‘माइतीको गाउँमा’ बोल रहेको तीज गीतमा अभिनय गराएका हुन् ।

दाहाल सन्तोषको शव्द तथा अस्मिता अधिकारीको आवाज रहेको गीतलाइ विशाल निरौलाले संगीत भरेका छन् भने एरेन्ज पनि निरौलाकै रहेको छ । दशरथ दनुवारको निर्माण रहेको यस गीतमा गोठाले रिसोर्टले साथ दिएको छ ।

सार्वजनिक भिडियोमा झरना थापा , इन्दु दनुवार , रबिन कार्कि र मोहम्मद आजमको अभिनय रहेको छ । भिडियोमा प्रविण थापाको कोरियोग्राफि रहेको छ । भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।