Sur Cinema

‘छक्का पञ्जा–५’ को गीत ‘बिहे भाको छैन’ : दीपक र वर्षाको गज्जवको क्यामेस्ट्री

काठमाडौं : यो वर्षको दशैँ अर्थात असोज २४ मा प्रदर्शन हुने दीपा श्री निरौला निर्देशित बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा–५’ को नयाँ गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको सार्वजनिक गीतमा दीपकराज गिरी र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ ।

सुबिन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । दीपक राज गिरी र संगीतकार शर्मा स्वयंमले यो गीत रचना गरेका हुन् । उक्त गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा हुन्। सिनेमामा दीपकराज गिरीको कथा तथा पटकथा रहेको छ।