Sur Cinema

‘बुलाकी’को ‘रातले कुर्यो चन्द्रमा’ : बिराज र सुरक्षाको नोकझोक

काठमाडौं : यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को नयाँ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ‘रातले कुर्यो चन्द्रमा’ गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् । उक्त भिडयोमा सुरक्षा र बिराजको माया प्रेम र नोकझोक देखाईएको छ ।

गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)कै छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो सिनेमा तयार भएको हो ।

राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको सिनेमामा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।

शिव ढकालको छायांकन रहेको सिनेमामा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । सिनेमाको लाइन प्रोड्युसरमा शिवराज पौडेल छन् । यो सिनेमालाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।