Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’मा ५ नेपाली सिनेमा देखाइने

काठमाडौं : थर्ड आइ, लण्डनको आयोजनामा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’को सुरुवात भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक जानकारी दिइएको थियो।

आयोजकका अनुसार नेपालको लागि ‘द दिनेश डिसी प्रोडक्सन’ले व्यवस्थापन गरेको उक्त कार्यक्रम जुलाई ७ तारिखबाट भव्यताका साथ सुरुवात गरिएको
हो। यो महोत्सव जुलाई २० तारिखसम्म चल्नेछ ।

धेरै लामो समयदेखि नेपाली सिनेमासँग सम्बन्धित तथा संगीतिक कार्यक्रम
आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल
दोस्रो पटक आयोजना गरेको हो । फेस्टिभलमा पाँचवटा नेपाली सिनेमाहरु
प्रदर्शनको लागि छनौट भएका छन् ।

फेस्टिभल सुरुभएको दिन लण्डन स्थित
Tramshed, 51-53 Woolwich New Rd, London SE18 6ES हलमा प्रदिप शाहिको लेखन तथा निर्देशन रहेको सिनेमा ‘अन्तिम संस्कार’ र विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको सिनेमा ‘हल्कारा’ प्रदर्शन गरिएको थियो।

त्यस्तै जुलाई १४ तारिखमा देव थापा निर्देशीत सिनेमा ‘टुल्की’ र सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’ प्रदर्शन गरिने आयोजकले बताएको छ। कार्यक्रमको समापन २० तारिखमा हुनेछ।

समापन कार्यक्रममा नेपालबाट १४ जना सिनेकर्मी एवं कलाकर्मीहरु शम्भुजित बास्कोटा, भुवन केसी, दिलिप रायमाझी, प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की,अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप शाही, दिया पुन, सर्मिला वर्देवा, रुपक डोटेल आदिको सहभागिता
रहनेछ ।