Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दान्भी’को कामले धेरै कुरा सिकायो : पूजा शर्मा

काठमाडौं : सिने करियरमा अभिनेत्री पुजा शर्मा पहिलोपटक एक्सन अवतारमा देखिँदैछिन् । उनी यही असार ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘दान्भी’ बाट एक्सन अवतारमा देखिन लागेकी हुन् ।

एक्सन जनरामा पहिलो पटक काम गरेकी पूजाले यहि सिनेमाको लागि भनेर झण्डै एक महिना फाइटको प्रशिक्षण लिएकी थिईन । किनभने उनले यो जनरामा यो भन्दा अगाडी काम नै गरिनँ । सधैं प्रेमकथाको मात्र सिनेमा गर्नुभन्दा एउटा फरक काम गरौं न भनेर मैले ‘दान्भी’ गरेकी हुँ । यो सिनेमा गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ । म भित्र एक्सनको ज्ञान शुन्य नै थियो । तर ‘दान्भी’को कामले धेरै कुरा सिकायो’, पुजा भन्छिन् ।

‘सिनेमा हेरेपछि दर्शकले ओहो भन्नुहुन्छ । हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो सिनेमामा हेर्न पाइनेछ । एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ,’ उनले भनिन् ।

पुजा अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित छिन् । उनको बुझाईमा रेखापछि कोही अभिनेत्रीले एक्सनमा आफूलाई देखाएका छैनन् । ‘केटी मान्छेले कस्तो एक्सन गर्दोरहेछ भनेर दर्शकलाई फ्रेसनेस हुन्छ । मैले आफ्नो सिनेमा बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति ‘दान्भी’मा आएको छ । किनभने एउटा केटीले एक्सन गरिरहेको छ, त्यसले मान्छेलाई नोटिस गरेको रहेछ’, पुजाको दाबी छ ।

पुजाका अनुसार उनलाई ‘दान्भी’को एक्सन पाटोले मात्र सिनेमामा काम गर्न प्रेरित गरेको रहेछ । यो सिनेमा लभस्टोरी फ्लेभरको भए म गर्दिन थिएँ । सुरुमा ठूला कलाकार ल्याएर गेष्ट अपेरियन्समा एक्सन गर्ने भन्ने थियो । तर म आफैंले गर्ने निर्णय लिएँ । किनभने दर्शकले विराज दाईदेखि अन्य अभिनेताको एक्सन हेरिसकेका छन् । त्यसकारण विराज दाई भन्दा पनि केटीले नै गरौं न भन्ने भयो र मैले गर्ने निर्णय लिएँ । निर्देशकले पनि केटीले नै एक्सन गर्नुपर्छ भन्ने भएपछि कुरा मिल्यो’, पुजा भन्छिन् ।

उनले सिनेमाका लागि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना अभ्यास गरिन् । उनका अनुसार उनले सिनेमाका लागि सुटिङ स्थलमा १५ दिनसम्म निरन्तर एक्सन गरिरहिन् ।

सिनेमाको टिजर र ट्रेलर रिलिज भएपछि विशेषत उनको एक्सन अवतारको जति तारिफ भयो, आलोचना अथवा खिसिट्युरी पनि उत्तिकै भयो । आफ्नो कामले आलोचना पाउँदा उनी केही दुःखी पनि बनिन् । ‘यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला । नेपालमा यस्तो गर्यो भन्ने हुन्थ्यो । तर एउटा केटीले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ भन्ने सुनें । मैले गन बोकेको छु, म गनसँग डराउने होइन नि त खासमा । मैले अरुलाई हानेको छु । म गनसँग इजी हुनु हो नि । तर, मान्छेले बुझ्दा गन बोकेको छ एक्सप्रेसन छैन मात्र भने’, पुजाको बुझाई छ ।

भविष्यमा पनि एक्सन सिनेमा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिज पछिको प्रतिक्रियाले टुंगो लगाउने पुजाको बुझाई छ । ‘मलाई दर्शकले एक्सनमा रुचाए भने म अवश्य गर्छु । अहिले मलाई एक्सन मुभीकै अफरहरु आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन सिनेमाको कुरै गर्दिनँ’, उनी भन्छिन् ।