Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सतीदेवी’को प्रदर्शन मिति घोषणा

काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार निर्देशक सुवेदीले आफ्नो फेसबुक अकाउन्टबाट श्रावण चार गते बाट रिलिज हुने जानकारी दिएका हुन् ।

सिनेमाको फर्स्टलुकले नै सबैको ध्यान खिचेको थियो भने उक्त सिनेमाबाट विभिन्न महोत्सवमा छनोट भएर उत्कृष्ट अवार्ड समेत निर्देशक सुबेदीले हात पारेका थिए । एउटा सामाजिक कथालाई उठाएको यो सिनेमा सामाजिक कथानक रहेको बताइएको छ । सिनेमालाई नारीप्रधान सिनेमा पनि भनिएको छ । एक ग्रामीण भेगकी युवतीको संघर्ष र आरोह अवरोहको कथा सिनेमामा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा लक्ष्मण सुवेदीकै कथा अनि पटकथा रहेको छ । सुवेदीले नै सिनेमा निर्माण गरेका हुन् । उनले सिनेमाको लागि गीत पनि लेखेका छन्।

सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायतको अभिनय रहेको छ । सिनेमा वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।