काठमाडौं : निर्माणाधीन सिनेमा ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मस् ले भट्टको लुक्स सार्वजनिक गर्दै सिनेमामा उनको प्रमुख भूमिका रहने जानकारी दिएको हो । समीर अभिनेता बिराज भट्टका छोरा हुन् । सिनेमाका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर उनलाई छनोट गरेको बताएका छन् ।

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई चर्चामा रहेको छ। आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यश सिनेमाको निर्माताका रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।















