Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हल भिजिटमा ‘महाजात्रा’ टिम : सेल्फी खिच्न विपिनप्रति दर्शकको घुँइचो

काठमाडौं : आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘महाजात्रा’ टिम बिहानीको पहिलो सो देखिनै हल भिजिटमा निस्किएको हो । सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई लगायतको टिमले ललितपुर स्थित सिनेमा हल क्युएफएक्स लबिम मलबाट दर्शक भेटघाट सुरु गरेको हो ।हलमा पुगेका दर्शकले अहिलेको राजनीतिक परिवेशमा निर्माण गरेको रैछ भन्दै प्रशंसा गरे। केही दर्शकले अभिनेता विपिन कार्कीसँग तस्बिर खिचाउदै मुभि एकदम राम्रो लागेको प्रतिक्रिया दिए । दर्शकले सेल्फी खिच्न विपिन कार्कीप्रति दर्शकको घुँइचो देखिन्थ्यो ।

बिहानी शोज बाटै सिनेमाले देशभरका हलमा दर्शकको चाप बढाएको थियो । मल्टीप्लेक्स तथा सिंगल थिएटर दुवैमा दिवा र रात्रिकालिन शोज अधिकांश हाउसफुल भए भने केही थिएटरहरु बिहीबार नै ‘सोल्डआउट’ भएका थिए । साथै नेपालसँगै विदेशमा पनि सिनेमाको व्यापार आक्रामक छ । हुन त दुई श्रृंखला सुपरहिट भएको ‘ब्राण्ड भ्यालु’ र ‘महाजात्रा’ समुह प्रतिको विश्वास पनि हो ।

शुक्रबार नै काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग पनि सिनेमाका कलाकारहरुले साक्षात्कार गरेर प्रतिक्रिया लिएका हुन् । शनिबार विदा भएकाले व्यापार अझ बढ्ने निश्चित छ । 

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अर्बिन खड्का, काईरा कार्की लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।