Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शकको भावना समेटेर ‘उपहार’ बनाएका छौ : ज्ञानेन्द्र देउजा

काठमाडौं : अघिल्लो पुस्ताका अनुभवी निर्देशक हुन् ज्ञानेन्द्र देउजा ।  देवर बाबू , हिफाजत,  मुनामदन ( कृतिमा आधारित) जस्ता ब्यबसायिक रुपमा सफल सिनेमा बनाएर आफुलाइ अब्बल साबित गर्न  सफल देउजाको पछिल्लो सिनेमा ‘झिंगेदाउ’ले पनि राम्रो ब्यापार गर्यो । 

माटो सुहाउदो, अघिल्लो पुस्ता र तत्कालिन समयको पेरिफेरिमा बनेको  ‘झिंगेदाउ’ सिनेमाको प्रस्तुतीले धेरैलाई मोहित बनाउन सफल भयो । उनै निर्देशक देउजाको अर्को  एक सिनेमा यहि फागुन २५ गते बाट नेपाली सिने बजारले पाउदैछ । यही आउदै गरेको “उपहार” सिनेमाको वरपर रहेर हालको सिनेमा बजारको बिषयमा समेत निर्देशक ज्ञानेन्द्र देउजा सङ्ग सुरसिनेमाकर्मी सुरेन्द्र थापाले गरेको संक्षिप्त कुराकानी आज हामी प्रस्तुत गर्दैछौ :-

– सिनेमा मेकिङ्गको सेटअप फरक भएको आजको अवस्थामा ‘उपहार’लाई  कसरी लिनुहुन्छ ?

सिनेमा मेकिङ्गको सेटअप परिबर्तन भएपनि दर्शकलाई चाहिँ सिनेमाले कनेक्ट गर्छ कि गर्दैन महत्वपुर्ण कुरा हो  । त्यो सेटअपलाई ‘उपहार’ले एकदम आत्मसाथ गरेको छ । मेकिङ्गको नया प्याटनहरु भन्ने कुरा जुन छ , स्टोरी टेलिङ्गको कुराहरु होला, प्रस्तुत गर्ने शैलीका कुराहरु होला त्यसमा ‘उपहार’ले समय सापेक्ष र चलनचल्तीलाई नै समातेको छ ।  सिनेमाको मुख्य उद्देश्य भनेको सिनेमा हेर्ने सम्पुर्ण दर्शकहरु सिनेमा सङ्ग कनेक्ट हुनु र उहाँहरुको भावनालाई समेटेर सिनेमा बनाउनु हो, त्यो कुरामा हामी र हाम्रो सिनेमा ‘उपहार’ सचेत छ ।

– पछिल्लो सिनेमा ‘झिंगेदाउ’ सफल बनाउदै गर्दा, ‘उपहार’को कुन कुराले दर्शकलाई त्यही हिसाबले ( झिंगेदाउ जस्तै ) मोहित बनाउन सक्ला ?

दर्शकहरुको लागि प्राय: मैले बनाउने सिनेमाको शैली उहाँहरुले राम्रो सङ्ग बुझ्नु भको छ ।  कुरा रह्यो झिंगेदाउ, झिंगेदाउ सफल हुनुको पछाडी, त्यो पनि नेपाली माटो सुहाउदो र हरेक नेपाली सिनेमा प्रेमी अथवा हरेक जसो नेपालीहरुको घरभित्रको कथा  थियो ।  त्यसै गरि  सिनेमा ‘उपहार’ले पनि काठमाडौं शहर भित्रका हामी भुईमान्छेहरु संघर्ष गरेर बाच्ने र केही गरौ भन्ने मान्छेहरु कै कथा भनेको छ। र सबैभन्दा पहिला कथाको बिषयबस्तुले नै सिनेमा ‘उपहार’ मार्फत दर्शकलाई समाउछ भन्ने कुरामा हामी बिश्वास राख्छौ । अर्को तर्फ  मल्टिस्टारर कलाकार रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, किरण के सि, राजाराम पौडेल,जस्ता नाम कहलिएका कलाकारहरु  यस सिनेमामा समावेस गराउनु नै यो सिनेमाको  बलियो पक्ष हो । जस्ले कथाको पात्रलाइ न्याय गर्नुभएको छ ।  मीठा गीत सङ्गीत छन् , साथै  प्रस्तुतिहरु पनि मिठा छन् ।  त्यसकारणले सिनेमा ‘उपहार’ले पनि ‘झिंगेदाउ’का दर्शकहरुलाई त्यही हिसाबको मनोरन्जन दिन्छ भन्नेमा हामी बिश्वास राख्छौ । डिजिटल प्लेट्फर्ममा समावेस सामग्रीमा दर्शकहरुको रुचि समीक्षा र प्रतिक्रियाले पनि सिनेमालाइ सफल बनाउन मद्दत पुग्ने छ ।

– तपाईं त अलि अगाडिको पुस्ता ! अहिलेको समयमा कस्ता चुनौती आउदा रहेछन् ?

अब अघिल्लो पुस्तालाई अहिलेको समयमा चुनौती भनेको कुरा केही छैन् । झन उनिहरु परिपक्क, दक्ष अनुभवी पनि हुन्छन् । रह्यो कुरा पुराना निर्देशकहरुको,  म लगायत मेरा समकालिन साथिहरुको अनुरोध के हो भने जुन सुकै जनाराका सिनेमा निर्माण गरे पनि त्यस्मा इमोसन ( काम प्रतीको लागाव र मिहेनत ) हुन आवश्यक छ। तर सिनेमा निर्माणमा चाहिँ समय सापेक्ष अध्ययन र आधुनिक  प्रबिधि, बिषय बस्तु  र बजार सङ्ग भने अभ्यस्त  हुनुपर्छ । त्यसले गर्दाखेरी चाहिँ नया पुराना भन्ने हुदैन यदि अपडेट भएको खण्डमा चाहिँ  राम्रो काम गर्न सक्छन् ।

– पहिलाको तुलनामा बजार बिस्तार भए पनि सिनेमा ब्यापारिक हिसाबले सागुरिएको छ, किन यस्तो भएको होला ?

सिनेमाको बजार क्षेत्र त बिकास भएको हो तर दर्शकहरु चाहिँ घट्दो क्रममा छन् । कारण के हो भने हामीले बनाउने सिनेमाहरु दर्शकको भावना सङ्ग मिल्दो नभएको अवस्था, एकै शैलिका कथा र त्यस्को  प्रस्तुतीकरण जस्ले गर्दा दर्शकलाई आत्मसात गराउन असफल अवस्था आएको पनि हो । अर्को तिर विभिन्न शैलिका मनोरञ्जनका श्रोत ( सामजिक सन्जाल , डिजिटल प्लेट्फर्म लगायत) र  साधनहरु रहनु पनि प्रमुख कारण हो जसकारण बजार खुम्चिएको देखिन्छ ।  दर्शकको मनोरञ्जनमा बिबिधता आको छ, आफुलाइ अलि ब्यस्त राख्ने प्राकृर्तिक कारणले पनि दर्शकहरु घटेको जस्तो लाग्छ । तर सहि सिनेमा आयो भने उहाँहरुलाई सिनेमा हल सम्म लैजान्छ, जस्का धेरै उदाहरण हाम्रा सामु छन् ।

– दर्शक र सिनेमाको सम्बन्ध टाडिएको हो ?

दर्शक सङ्ग नेपाली सिनेमाको सम्बन्ध  टाढिएको भने होईन्,  हामी  मेकरले चाहिँ सहि सिनेमा दिन नसकेको  कारण सम्बन्धको दुरि बढेको हुन सक्छ । ब्यवसायिक रुपमा नबनेर रहरले बनाउने मान्छेहरुको भिड बढेकोले  पनि यस्तो अवस्था आएको हुनसक्छ ।

– ‘उपहार’मा त्यस्तो के छ जसले दर्शकलाइ हलसम्म लैजाने बाताबरण बनाउछ ?

एक त दर्शकहरुले म माथी बिश्वास गर्नुभको छ । दोस्रो कुरा दर्शकहरुले मन पराउनु भएका मल्टिस्टार कलाकारहरुको जमात छ । तेस्रो कुरा मैले यथार्थपरक माटो सुहाउदो नेपाली दर्शकहरुले भोगेको कथालाइ सिनेमामा जोड दिएको छु । अगाडि पनि भनिहाले गीत सङ्गीत मिठा छन्, युट्युबमा आएका प्रतिक्रियाले हामिमा उत्साह भरेको छ । समग्रमा दर्शकको चाहना अनुरुप उहाँहरुको मनोबिज्ञानलाई बुझेर एउटा मीठो मनोरन्जनात्मक प्याकेजले सिनेमा भरिएको छ, जस्लाइ सबैले रुचाउनुहुन्छ, साथ दिनुहुन्छ ।

– अन्तमा, पहिलाको सिनेमाको वातावरण र अहिलेको वातावरणलाई तुलना गर्दा के कस्ता समानता र असमानता पाउनुहुन्छ ?

पहिलेको तुलनामा अहिलेको सिनेमा क्षेत्र फराकिलो भएको छ । कलाकार, प्राबिधिक, प्रबिधी सबै सबैको पहुचमा छ । प्रतिस्पर्धा तिब्र छ जस्ले सिनेमाको गुणस्तरमा वृद्धि गराउछ भन्ने लाग्छ । त्यही हो सतही रुपमा बुझेकालाइ गारो छ, गहिराइ बुझेर आउनुहोस ,  मिलेर काम गरु । एकले अर्कोलाई सम्मान, सहयोग गरौ । हातेमालो गरि अगाडि बढ्यो भने आउने दिन सिनेमा क्षेत्रका लागि सुखान्तक देख्छु म…..।