Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘दयारानी’को गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक

काठमाडौं : माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिनोद बानियाँको संगीत तथा मन क्षेत्रीको शब्द रचना अनि संगीतकार बानियाँ र मेलिना राईको स्वर छ ।गीतमा अभिनेता दयाहाङ राई, विजय बराल र शिरिषा कुँवर लगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।

सिनेमाले पहिलो सप्ताहन्नमा १ करोड २५ लाखको व्यापार गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् । निर्देशकको गृह जिल्ला पोखरामा शुक्रबार र शनिबार दिएका सबै शोमा दर्शकको ओभर फ्लो भएको थियो भने सोमबारसम्म पनि त्यो रफ्तार कायमै रहेको निर्देशक माओत्से गुरुङले बताए ।

धेरैले सिनेमाको कथ्यशैलीलाई मन पराएका छन् । सिनेमाले आफ्नो मौलिक कथावस्तुका लागि तारिफ बटुलिरहेको छ । सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । उनीहरुका अलावा सिनेमामा नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल आदिको अभिनय रहेको छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।