Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

एक्सन प्रधान ‘काँडेतार’ ट्रेलर

काठमाडौं : दक्षिण भारतिय सिनेमाको झल्को दिने ट्रेलर सहित सिनेमा ‘काँडेतार’ प्रदर्शन नजिक पुगेको छ । नेपाल भारत सिमा विवादको बिषयमा बनेको सिनेमाको सार्वजनिक ट्रेलरको केन्द्रमा निर्माता निर्देशक तथा लेखक समेत रहेका नवल खड्का रहेका छन् ।

नवल सङै ट्रेलरमा गौरभ पहारीको एक्सनलाई खास रुपमा प्रस्तुत गरिएको छ । दमदार लाग्ने नाटकिय शैलीका सम्बाद ट्रेलर मै सिमित छन् या सिनेमामा पनि त्यो हेर्न पाइन्छ भनेर थाहा पाउन केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

यही फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमामा नवल र गौरभ सङै रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ ।

सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको सिनेमामा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् ।