Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नयाँ पुस्ताकी बलियो सम्भावना : सिम्रन खड्का

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : कान्तिपुर फिल्म एकेडमिमा भर्ना भइ १८ महिनाको आधारभुत कोर्ष सकाएर सिने नगरीमा झुल्केकी सिम्रन खड्का आफ्नो पहिलो सिनेमा ‘प्रेमगन्ज’ (निर्देशक: परिछेद सेन) मा अडिसनको माध्यमबाट एक ‘टिनएज’ युवतीको चरित्रमा आफूलाई अब्बल सिद्ध गर्न सफल भइन् ।

समिक्षक र सिनेकर्मीहरुले उनको अभिनयलाई मुक्त कण्ठले प्रशंसा मात्र गरेनन्, एक उम्दा कलाकार भनेर आफ्नो परिचय बनाउन सफल भइन् । त्यस्को केही समय पछि छोटै भएपनि एक लघु सिनेमा ‘चौतारी’मा (निर्देशक : नवल नेपाल) आफुलाइ सहभागी गराइन । आज उनै कलाकार खड्काले केन्द्रिय भुमिकामा अभिनय गरेको सिनेमा ‘चित्रा’ रिलिजको संघारमा छ ।

पत्रकार र सिनेकर्मी लगायत अतिथीहरुको उपस्थितीमा प्रदर्शन गरिएको उक्त सिनेमामा शिर्ष भुमिकामा प्रस्तुत भइ आफुमा भएको क्षमतालाई सिद्ध गर्न पाउँदा खुसी छिन उनि । सबैले मन पराएर प्रसंशा गर्दा आफू खुसीले पुलकित भएको बताउछिन उनी ।

पत्रकार र सिनेकर्मीहरु सबैले ‘चित्रा’को मेरुदण्ड नै उनैलाइ मानेको पनि झल्को दिन्थ्यो । ट्रेलर प्रदर्शन र सिनेमाको विशेष प्रदर्शनताका सिनेमाका महिला केन्द्रिय पात्रहरुको अनुपस्थिती भइ रहदा उनी यस्ती एक्लि कलाकार हुन्, जो दुबै समारोहमा समय अगाडि उपस्थिती भएर आफुलाई सिनेमा प्रतिको चासो र मोह प्रमाणित गरेको देखिन्थ्यो । उनको यो अनुशासनलाई भने स्यावास दिनैपर्छ ।

सिनेमाको विशेष प्रदर्शन हुनु केहि समय अघि नै देखिएकी सिम्रनलाइ एक्लै उभिएको देखेर मैले सोधिहाले, “तपाईंको सिनेमा यात्राको सुरुवात कहिले बाट सुरु भयो ?” उनी भन्छिन ” सिनेमा क्षेत्रमा मेरो शुरुवात चाहिँ मैले १ वर्ष अगाडी ‘प्रेमगन्ज’ बाट गरेकि हु”। तपाइको इच्छा हो कि सपना हो त ? ‘इच्छाले मात्रै कहाँ मान्छ ? सपना हो । मैले त यसैलाइ पुर्ण ब्यबसायिक बनाउने ठानेकी छु।’ पढाइ बिग्रेला नि ? “बिग्रीदैन , मेनेज गर्नु पर्छ ।

मलाई सानैदेखि कलाकार बन्न मन लागेको थियो, त्यही सपनाले नै मलाई सिने नगरीमा उभ्याएको छ । तर सपना मात्र भएन आफ्नो काम प्रतिको लगाव त चाहिन्छ नै ” । चित्रामा आफ्नो चरित्रबाट कत्तीको खुसी हुनुहुन्छ त ? “ब्यक्ती गत रुपमा त कति हो कति ! तर अब सबै सङ्ग बसेर पहिलो पटक सिनेमा हेरिसके पछि कस्तो प्रतिक्रिया आउँछ हेर्न बाँकी छ । आफ्ना दुबै हातका औला बटार्दै भनिन ” होप सो फिङ्गर क्रस गर्या छु राम्रो होला” । मैले भने हाँसेर शुभकामना दिए ।

“प्रेमगन्ज” मेरो पहिलो सिनेमा थियो । हेरे, आफैलाई केही हदसम्म सन्तुष्टि बनाउन पाए । आफ्नो काम देखेर अरु सन्तुष्ट हुनु र आफू सन्तुष्ट हुनु इक्वेल (समान) हुदो रहेछ।” अनि “चित्रा” को क्यारेक्टर बाट नि ? “अघि भने त ….अनि भनौ? मैले सिनियर सर , म्यामहरु सङ्ग काम गर्न पाए, धेरै कुराहरु सिक्न पाए, त्यही नै मेरा लागि ठूलो कुरा हो ।”

सिने नगरीमा अप्ठ्याराहरु पनि छ भन्छन् नि ? ” मैले एक्टिङ गर्दा जहिले इन्जोय गर्छु, त्यही भएर त्यस्तो अप्ठारो चाहिँ मलाइ कहिल्यै महसुस भएन ।” उनको मस्तिष्कले जे बुझ्यो त्यही उत्तर दिइन अरु सोध्न मन गरिन मैले ।

कहाँ सम्म पुग्ने लक्ष राख्नु भएको छ ? “मेरो लक्ष्य नै एक्ट्रेस बन्ने हो । अरु त खै के हुनसक्छ ? मैले आफुले देखेको सपनाको भविष्य राम्रो देखेकी छु । हार्ड वर्क (मिहेनत) चाहिँ गर्नैपर्छ , आफुलाइ कन्सन्ट्रेड ( लगाव) पनि राख्ने हो । त्यसो गर्यो भने आफुले चाहेको ठाउँमा पुगिहाल्यो नि हैन ? ” उनको आत्मबिश्वासमा मैले नि सहमती जनाएर हासिदिए ।

” तपाईं पछि आउने कलाकारलाई के सल्लाह दिनुहुन्छ ? ” मज्जाले हासिन र भनिन ” म आफै नयाँ छु , मैले पो अरुको सल्लाह लिने समय हो त । म पछि कोहि आको छैन म नै हो नया पुस्तामा , म सङ्गैका अरु पनि साथी हुनुहुन्छ।” सायद मेरो प्रश्न नै गलत थियो कि ! “नेभर गिभ अप” यत्ती चाहिँ भन्न भ्याइन ।

यो छोटो समयमा राम्रो काम गर्नु भो ! सिनेमा के रहेछ त ? ‘सामाजिक, पारिवारिक लगायतका अलग परिवेसलाई माटो सुहाउदो घटनाहरु संकलन गरि कलात्मक र रोचक तरिकाले पर्दामा, चाहे त्यो हलको स्कृन होस या डिजिटल प्लेटफर्म, टेलिभिजन मै किन नहोस त्यसको माध्यमबाट दर्शक सम्म पुर्याउनु नै सिनेमा हो ? औला टोक्दै भनिन “त्यही हैन…? नत्र सिकाउनुहोस है । ” फेरि हाँस्न भ्याइन । “अझ भनौ ? सिनेमा भनेको हाम्रो जिवनमा हुने, नहुने सबै घटनाहरुलाई कुनै प्लेट्फर्मको माध्यमबाट सरल तरिकाले बुझाउदै लाने प्रक्रिया हो जस्तो लाग्छ ।”

कतै बाट सामुहिक फोटो सुटका लागि आवाज आयो र भनिन “जानेको बुझेको यत्ती हो अरु केही नंया कुरा भए सिकाइ दिनुहोस है , गए ल ?” मलाइ चाहिने उनका तस्विर चाहिँ कुरा गर्नु अघि नै खिची सकेको थिए मैले, मात्र “हस” भने! एउटा नादान मुस्कान मलाइ दिएर सामुहिक तस्विरका लागि “चित्रा” को ब्याकड्रपमा आफुलाइ उपस्थित गराइन। म पनि त्यतै लागे ।…