Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रोजिनाको साथ बिना प्रमोद !

काठमाडौं : चर्चित गायक प्रमोद खरेल र द भ्वोईस अफ नेपालको टप ११ बाट बाहिरिएकि रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द संगीत, अभिनास पासवानको एरेन्ज र नरेश बिबिसिको मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका छन् । यस गीतमा बुद्द थापाको छायांकन रहेको छ भने अर्जुन तिवारीले निर्देशन गरेका छन् ।

गीतमा प्रमोद र रोजिना स्वयम् फिचर्ड छन् । दिपा सिटौलाको निर्माण रहेको छ । छोटो समयमा दर्शकहरुको अत्याधिक मायाले गर्दा युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भएको छ । गीतलाई प्रमोद खरेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।