Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनुपबिक्रम शाही र बलिउड अभिनेता ऋतिक रोशनको भेट के का लागि ?

काठमाडौँ : अभिनेता अनुपबिक्रम शाहीले सामाजिक सञ्जालमा लेट्स डिउ इट्’ लेख्दै बलिउड अभिनेता ऋतिक रोशनसँगको तस्वीर सार्वजनिक गरेका छन् । उनको सो क्याप्सनले उनीहरुबीच व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भेट भएको बुझ्न सकिन्छ । 

तस्बिरमा दुईजनाले गफगाफ गर्दै गरेको देखिन्छ । मुम्बईमा रहेका शाहीले सोमबार बेलुका ऋतिक रोशनसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै सो कुराको जानकारी दिएका हुन् । उनीहरु पेय पदार्थ ‘माउण्टेन डिउ’का ब्राण्ड एम्बेसडर समेत हुन् ।