Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रेमीलाई जन्मदिनमा ट्याटु उपहार !

काठमाडौं : प्रेममा पनि के के हुने हुने । पत्तै नहुने । कतिपटक प्रेम पर्ने अनि टुट्ने त्यो पनि टुङ्गो नहुने । तर कोही कोही कलाकार भने बढी नै भावुक बन्दिने प्रेममा ।

दिपिका पादुकोणले प्रेमी रणविर कपूरको लागि ट्याटु हानेकी थिइन आर लेखेर । तर उनको विवाह भयो रणविर सिंह संग । भलै उनले त्यो ट्याटु मेटिन । नमेटेको भए पनि नाम मिल्यो । तर सबैको केसमा त्यस्तो होला नहोला ।

अहिले नायिका पूजा शर्माले त्यसै गरेकी छिन् । आफ्ना प्रेली युद्ध बानियाको नामको ट्याटु उनले इङेगमेन्टको औँठी लगाउने औलामा हानेकि छिन् । उक्त ट्याटु देखेर युद्ध भावुक पनि बनेका छन् । दुख्यो भनेर सोध्दै चुम्बन गरेका छन् । यी दुईको छिट्टै विवाह हुने कुरा पनि छ । तर विवाह भएन भने? अनि फेरि वाई अल्फाबेट वाला श्रीमान भेटिएन भने ?

जे होस पूजाले प्रेमीलाई जन्मदिनमा ट्याटु उपहार दिइन यो नै गज्जब भयो ।