काठमाडौं : यतिबेला निर्देशक निश्चल बस्नेत अष्ट्रेलियामा छन्। केही हप्ता अघि आफ्नो सिनेमा ‘दिमाग खराब’लाई अष्ट्रेलियामा प्रदर्शन गर्नेगरि उनी पत्नी स्वस्तिमा खड्कासँग अष्ट्रेलिया उडेका हुन्।
हाल स्वस्तिमा पनि अष्ट्रेलियामै छिन्। अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा घुम्दै स्वस्तिमा र निश्चलले तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिरहेका छन्। मंगलबार मात्रै स्वस्तिमाले निश्चलसँगका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन्।
सार्वजनिक तस्वीरमा स्वस्तिमा र निश्चल निकै रोमान्टिक मुडमा देखिएका छन्। प्रेमिल भावमा यि दुई प्रस्तुत छन्।















