Sur Cinema

बिराज भट्टको नेपालगन्ज महोत्सवमा भव्य क्रेज

काठमाडौं : एक्सन नायकका रुपमा नेपाली सिनेमा उद्योगमा छुट्टै क्रेज बनाएका नायक हुन् बिराज भट्ट। त्योबेलाको बिराजको क्रेज अहिले पनि उत्तिकै छ। लामो समयपछि ‘साँङलो’ सिनेमामा डेव्यू निर्देशनसँगै कमब्याक गरेका बिराज फ़ेरि नयाँ सिनेमा ‘१२ गाउँ’को निर्माण तयारीमा छन्।

नयाँ सिनेमाको निर्माण तयारीसँगै बिराज नेपालका विभिन्न मेला महोत्सवमा पनि सरिक भइरहेका छन्। सोमबार मात्रै बिराज नेपालगन्ज पुगेका थिए। नेपालगन्जमा जारी महोत्सवमा बिराज पुगेका हुन्।

बिराजलाई हेर्नको लागि सोमबार नेपालगन्जको महोत्सव प्राङ्गण दर्शकको भिडले भरिएको थियो। जब बिराज स्टेज उक्ले दर्शकले हुटिङ र तालीले स्वागत गरेका थिए। स्टेज उक्लिने बित्तिकै बिराजले सिनेमाको डायलग बोल्दै दर्शकलाई आफूतिर झन् केन्द्रित पारेका थिए।

आफ्ना हिट सिनेमाहरुका केही डायलभ सुनाएपछि बिराजले ‘साङ्लो’ सिनेमाको ‘चरिले काफल टिप्यो’ बोलको गीतमा नृत्य समेत गरेका थिए। बिराजको डायलग र नृत्यमा दर्शकहरु निकै झुमेका थिए।