Sur Cinema

रंगमञ्चमा अभिनय गर्ने प्रक्रिया नै फरक रहेको चाल पाए : मलिका महत

काठमाडौं : आगामी पुष १२ गतेबाट मण्डला थियटर थापागाँउमा मञ्चन हुने नाटक ‘पग्ला घोडा’मार्फत अभिनेत्री मलिका महतले रंगमञ्चमा प्रवेश गरेकी छिन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकारसँग गफिदै महतले रंगमञ्चमा अभिनय गर्ने प्रक्रिया नै फरक रहेको चाल पाएको प्रतिक्रिया दिएकी छिन् ।रंगमञ्चमा आफूले अनुभव पहिले नै लिएको भए पनि आफूले व्यावसायिक रुपमै नाटक खेलेको यो नै पहिलो भएको उनले बताएकी हुन् ।

उनले भनिन् ‘अभिनय नै गर्ने हो जस्तो लागेको थियो तर धेरै फरक हुने रहेछ ।’ उनी एउटा चरित्रपछि फेरि अर्को चरित्रमा अभिनय गरेर रंगमञ्चमा आफूले जोखिम उठाएको अनुभव समेत बाँडिन् ।

भर्खरै सिनेमा ‘सतिदेवी’को छायाँकन सकाएकी अभिनेत्री महत सिनेमा ‘यात्रा’ ‘पानी फोटो’ र अगस्त्य लगायत सिनेमामा अभिनय गरिसकेकी छिन् । उनका धेरै हिट म्युजिक भिडियोहरु पनि युट्युवसँगै संचारमाध्यमहरुमा प्रशारण भइसकेका छन् ।

मानसिक स्वास्थ्यको विषयमा तयार भएको ‘पग्ला घोडा’ नाटकमा मलिकासहित आशान्त शर्मा, प्रमोद अग्रहरी, विजय ताम्राकार र बिम्ब अधिकारीले अभिनय गर्ने भएका छन् ।