Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पन्चेबाजा गीत ‘सधै फेल हुन्छु’ रिलिज

काठमाडौं : उसो त मंसिर महिनालाई ‘विवाहको महिना’ पनि भन्ने गरिन्छ। कारण एउटै मात्र हो, मंसिरमा विवाहको लगन धेरै हुन्छ र जताततै विवाहको माहोल हुन्छ। यही माहोललाई लक्षित गर्दै हरेक वर्षजसो नयाँ-नयाँ पन्चेबाजाका गीतहरू सार्वजनिक हुन्छन्।

यसैबीच, यतिबेला बजारमा पूर्णकला बिसी र खिम छन्त्यालको स्वर रहेको ‘सधै हुन्छु फेल’ बोलको पन्चेबाजा गीत सार्वजनिक भएको छ। अरु कुरामा पास भएपनि मायाको विषयमा भने फेल हुने कुरा गीतमा उतारिएको छ। गीतमा खिम छन्त्यालकै शब्द अनि संगीत रहेको छ।

यति भिडियोमा भने कलाकार सारिका केसी र स्वयं खिम फिचर्ड छन्। एउटा पूर्ण रमाइलो विवाहलाई भिडियोमा अटाइएको छ। भिडियोलाई प्रेम थापाले निर्देशन गरेका छन्।  राम केशीले खिचेको उक्त भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन्।