काठमाडौं : पछिल्लो समय अभिनेता पुष्प खड्का म्युजिक भिडियोमै व्यस्त छन्। हुन त उनी म्युजिक भिडियोबाटै सिनेमा क्षेत्रमा आएका हुन्। त्यसैले पनि म्युजिक भिडियोप्रति उनको लगाव अधिक छ।
हालैमात्र उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। ‘गाईलाई चरन’ बोलको म्युजिक भिडियोमा पुष्पको अभिनय देख्न सकिन्छ। भिडियोमा कलाकार रजनी गुरुङसँग पुष्पले जोडी बाँधेका छन्।
भिडियोमा समावेश गीतमा बिमल परियार, तारा थापा मगर र बत्ति कुमारी थापाको स्वर रहेको छ। गीतमा शब्द अनि संगीत भने रमेश परियारको रहेको छ। गीत मौलिक छ। मौलिक लोकभाकामा आधारित गीतले स्रोताको मन सजिलै जित्छ।

गीत जति मौलिक छ, भिडियो पनि उत्तिकै मौलिक बनाइएको छ। गाउँले प्रेमकथालाई भिडियोमा पृथक तरिकाले देखाइएको छ। पुष्प र रजनीको केमिस्ट्रीले पनि भिडियो गज्जब देखिएको छ।
भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्। मौसमकै कथा रहेको भिडियोका सहनिर्देशक विशाल घिमिरे हुन्। आकर्षक लोकेसनमा खिचिएको भिडियोका छायाँकार नवराज उप्रेती हुन्।भने, मजोज कार्कीले भिडियो सम्पादन गरेका छन्।

















