Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनमोल र जसिताको ‘फर्की फर्की’ : बंगलामुखीमा गरियो शुभ मुहूर्त

काठमाडौं : नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भुमिका रहने सिनेमा ‘फर्की फर्की’को शुभ मुहूर्त गरिएको छ। ललितपुरको बंगलामुखी माई मन्दिरमा निर्माण टिमले शुक्रबार बिहान शुभ मुहूर्त गरेको हो।

शुभ मुहूर्तमा सिनेमाका निर्देशक, कलाकार, प्राविधिक सबैले पूजा गरेका थिए। सिनेमा आगामी मंसिर ११ गतेदेखि फ्लोरमा जानेछ। सिनेमालाई सुयोग गुरुङले निर्देशन गर्दैछन्।

पोखराबाट छायांकन आरम्भ गरिने सिनेमालाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन्। सिनेमामा सुयोगकै कथा एवम् पटकथा रहेको छ। दर्शकले बेग्लै स्वादको लभस्टोरी सिनेमामा देख्न पाउने निर्माण टिमले जनाएको छ।

अनमोल र जसिताका अलावा सिनेमामा निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ। अनमोल र जसिता भने यो सिनेमालाई लिएर निकै उत्साहित रहेका छन्।