Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

के हुँदै छ हरिहर-नीताको ‘ह्रस्व दिर्घ’ ?

काठमाडौं : सबैको आफ्नै महत्त्व हुन्छ । तर आफ्नो ठाउँमा । कलम चलाउन पोख्त मानिस अचानक बन्दुक चलाउन गयो भने के होला ? कहिलेकाही पड्किएर आफैलाई पनि हानी हुन सक्छ । हो त्यस्तै देखिएको छ हरिहर अधिकारी र नीता ढुंगानाको ड्रीम प्रोजेक्ट भन्दै सुरु गरेको ‘ह्रस्व दिर्घ’ सिनेमा ।

हरिहर एक ताका कहलिएका ज्योतिस थिए । उनकोमा नाम मात्रै लेखाउन पनि मानिस महिनौ कुर्थे र महँगो रकम पनि तिर्थे । तर ‘पोजेटिभ भाइब्स र नेगेटिभ भाइब्स’ बाहेक के र कस्ता जवाफ पाए आफ्नो भबिस्यबाणी हेर्न जानेहरुलाई नै थाहा होला ।

यता नाच्न र अभिनय गर्न जान्ने नीता ढुङ्गाना पनि दुख सुख चलेकै थिइन । कहिले को संग त कहिले को संग नाम जोडिए पनि उनको अभिनय क्षमता पनि कम पक्कै थिएन । तर उनी गायनमा छिरिन । अब सिनेमा निर्माणमा ।
र यी दुबै जना अहिले अलपत्र अवस्थामा छन् । बिदेशी सेट कलाकार भन्दै हल्ला गरेका यी दुई टिकटक भिडियो मै रमेका जमेका छन् । त्यसैले नया काम थाल्नु अघि सोच्ने पो हो कि? दुनियाको भविष्य बताउनेले आफ्नो पनि सोच्ने हो कि?