Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नेपालगन्जमा प्रकाश, केकी र वर्षा (फोटो फिचर)

काठमाडौं: यतिबेला नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ हलमा प्रदर्शनरत छ। दर्शकले अथाह माया सिनेमालाई दिइरहेका छन्। सिनेमाले मिश्रित प्रतिक्रिया पाइरहेको छ। केही मिडियाहरुमा सिनेमा कमजोर बनेको समिक्षा आएतापनि दर्शकको भने दिनानुदिन उच्च साथ मिलिरहेको छ।

यसैबीच, दर्शकसँग साक्षात्कार गर्न र प्रतिक्रिया लिनको लागि ‘परदेशी २’का कलाकारहरु बुधबार नेपालगन्ज पुगेका थिए। सिनेमाका मुख्य नायक प्रकाश सपूत, नायिका केकी अधिकारी र वर्षा शिवाकोटीले नेपालगन्जका दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिएका थिए।

सिनेमाका कलाकारलाई भेट्न पाउँदा दर्शकहरु पनि निकै खुशी भएका थिए। नेपालगन्जका दर्शकसँग प्रकाश, केकी र वर्षाले साक्षात्कार गरेका केही तस्वीरहरु:-