Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

चितवनका दर्शकसँग ‘परदेशी २’का कलाकार (फोटो फिचर)

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी २’ यतिबेला देशभरका हलहरुमा प्रदर्शनरत छ। सिनेमालाई दर्शकको साथ राम्रो मिलिरहेको छ।

यसैबीच, यतिबेला सिनेमाका कलाकारहरु दर्शकहरुसँगै सिनेमा हेर्न र दर्शकलाई भेटेर प्रत्यक्ष धन्यवाद भन्नको मोफसल टुरमा निस्केका छन्। सिनेमाका नायक प्रकाश सपूत, नायिका केकी अधिकारी र नायिका वर्षा शिवाकोटी सोमबार चितवन पुगेका छन्।

चितवनको जनज्योति म्याङ्गो, चितवन सिनेप्लेक्स र क्युएफएक्स जल्मा हलमा पुगेर प्रकाश, केकी र वर्षाले सोमबार दर्शकसँग भेटघाट गरेका हुन्। सिनेमाका कलाकारहरुलाई आँखै अगाडि देख्न पाउँदा दर्शकहरु निकै खुशी देखिन्थे।

सोमबार ‘परदेशी २’का कलाकारहरुले चितवनका दर्शकसँग भेटघाट गरेका केही तस्वीरहरु :-