Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शकले रुचाए ‘भष्मे डन’को प्रिभ्यू

काठमाडौं : दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिजको लागि तयारीमा छ। सिनेमा आगामी शनिबारदेखि देशभर एकसाथ रिलिज हुँदैछ। रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई पनि त्यत्तिकै तिव्रता दिएको छ।

यसैबीच, निर्माण टिमले यतिबेला युट्युबमा सिनेमाको ‘प्रिभ्यू’ रिलिज गरेको छ। जहाँ सिनेमाका मुख्य कलाकार विपिन कार्की फिचर्ड छन्। पशुपति क्षेत्रभित्र एक सिनेमाको छायांकन सेटमा गएर विपिनले अवरोध गर्न खोज्दा प्रोडक्सन टिमले फकाएको दृश्य प्रिभ्यूमा देख्न सकिन्छ। जुन प्रिभ्यूलाई यतिबेला दर्शकले निकै रुचाएका छन्।

सिनेमामा खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको छ। टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा विपिनका अलावा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।