काठमाडौं : नायिका रेखा थापाको नयाँ सिनेमा ‘उपहार’को प्रदर्शन मिति तय गरिएको छ। अब यो सिनेमा आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।
ज्ञानेन्द्र देउजा निर्देशित यो सिनेमामा रेखा थापा, पूजा शर्मा, बेनिशा पौडेल, मुकुन भुसाल, तेज गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
सिनेमाले ३ महिला पात्रको कथालाई प्रस्तुत गरेको छ । रेखा लामो समयपछि यही सिनेमा मार्फत सिने उद्योगमा कमब्याक हुँदैछिन्।


















