Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बजारले पत्याएका अनमोल के सि को पछिल्लो सिनेमा नगरी प्रतीको सङ्कल्प !

काठमाडौं ।  पछिल्लो सिनेमा “छड्के २” को असफलताले  सचेत गराएका  नायक  अनमोल के. सि. को “फर्की फर्की” (निर्माता: रोहित अधिकारी)को आधिकारिक घोषणा अनि “रावायण” ( निर्देशक: सुदर्शन थापा ) को अनौपचारिक घोषणा  बजारले पाई सकेको छ।

“फर्की फर्की” को त टिजर नै रिलिज भै सकेको  छ भने उता  “रावायण” को निर्माण टिम सङ्ग बसेर विभिन्न छलफल गरेका तस्विर सार्वजनिक गरिएका छन।
“कृ २” को हल्ला होस या  आफ्नै होम प्रोडक्सनमा भदौ बाट  छायांकन गर्ने भनिएका हल्ला हरु हुन, जो समय घर्की सकेको छ का बिच  बजारमा देखिएका यी तश्विर र हल्लालाइ चिर्दै अभिनेता  के. सि. ले आफ्नो फेसबुक पेजमा आफ्नो  करियर र सिनेमा बजारको सम्बन्ध लाई लिएर लामो बक्तब्य प्रस्तुत गरेका  छन।

उनी लेख्छन : ‘होस्टल’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरे देखि मैले फिल्म मेकर तथा दर्शकहरुबाट अथाह माया पाइरहेको छु। मैले यो मायालाई आफ्नो अमुल्य सम्पति ठान्छु। त्यसैलै, कुनै पनि फिल्म गर्नु अघि मैले मेरा दर्शकलाई रिझाउनुपर्छ भन्ने कुरालाई हृदयमा सँधै राख्ने गरेको छु। त्यसैले म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहने गरेको छु ।”

उनी अगाडि लेख्छन “मैले यसो गरिरहँदा मैले मेकरको लगानी सुरक्षालाई पनि उत्तिकै ध्यान दिने गरेको छु । म माथि उहाँहरुले गर्ने लगानी केवल आर्थिक
अंकगणित होइन्, एउटा व्यवसायिक विश्वास हो र यो विश्वास भंग हुनुहुँदैन।”

“मेरो पछिल्लो फिल्मले मलाई ठूलो  पाठ सिकाएको छ। (छड्के २ प्रती को सङ्केत हो उनको यो )  कलाकारको धर्म र सजगता पनि के हो ? राम्रोसँग बुझाएको छ । सबैभन्दा ठूलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो ।  म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग हुन नपरोस  भन्नेमा निक्कै गम्भिर छु । त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार गर्ने छैन । चाहे यसका लागि विलम्ब नै किन नहोस् । अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि  म माथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।

मलाई लाग्छ मैले यति गर्नसके भने मात्र म एक सच्चा कलाकार ठहरिने छु। यसले मलाई व्यक्तिगत रुपमा त राम्रो गर्छ नै, म माथि भरोसा गरेर लगानी गर्ने निर्माताहरु माथि पनि भलो नै हुन्छ । यसले सिनेमा निर्माणको व्यवसायिक्ता र यो क्षेत्र कति घनिभूत छ भन्ने कुरालाई स्थापित गर्छ र यसमा हामी सबै गम्भिर हुन जरूरी छ।”  
सङ्गै अभिनेता के. सि. ले  भनेका छन : ” मेरो अब आउने प्रोजेक्टहरु,आधिकारिक पेजबाट घोषणा नभएसम्म अनाधिकारिक रुपमा  सम्प्रेषण नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछु।”