Sur Cinema

प्रकाश सपूत र केकी अधिकारी नेपालगन्जमा

नेपालगन्ज : यतिबेला गायक तथा नायक प्रकाश सपूत देश दौडाहमै व्यस्त छन्। उनी आफ्नो पहिलो सिनेमा ‘परदेशी २’को प्रचारप्रसारको लागि मोफसलका दर्शकहरुसँग भेटघाट गर्दै विभिन्न शहर पुगिरहेका छन्।

यसैबीच, सिनेमाकै प्रचारप्रसारको लागि प्रकाश यतिबेला नेपालगन्जमा आइपुगेका छन्। प्रकाशसँगै सिनेमाकी नायिका केकी अधिकारी पनि साथमै नेपालगन्ज आएकी छिन्।

शनिबार नेपालगन्जमा रहेको सिनेमा हल ‘सिने रोयल’मा दर्शकहरूसँग भेटघाट गर्दै साक्षात्कार गरेलगत्तै नेपालगन्जकै अर्को सिनेमा हल ‘क्युएफएक्स बागेश्वरी’ प्रकाश र केकीको टिम पुग्नेछन्।

प्रकाश र केकीका अलवा सिनेमाका अन्य कलाकारहरु पनि नेपालगन्जमा छन्। बुझिए अनुसार सिनेमा टिमले आइतबार पनि नेपालगन्जमै रहेर मिडियाकर्मीहरुसँग साक्षात्कार गर्ने बताइएको छ।

आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘परदेशी २’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन्। रमेश बिजी सिनेमाको कथा लेखेका हुन्। प्रकाश र केकीका अलावा दिलिप रायमाझी, रमा थपलिया, वर्षा शिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।