काठमाडौं । नेपालका मानिसले कमाई नगर्ने होइन । तर सारा जिवनको कमाई दुई कुरामा खर्च गर्छन र जीवन भर त्यसैको भरपाई गर्छन । विवाहमा गर्ने लगानी र घर बनाउदा गर्ने लगानी जस्ले कुनै प्रतिफल दिदैन । तर अधिकाशं नेपालीको सारा जम्मा पुजी त्यही खर्च हुने गरेको छ ।
यही दुई बिषय मध्यको एक “घर मोह” माथी सिनेमा “कौसीद” बनेको सिनेमाका सार्वजनिक सामाग्री हेरी अनुमान लगाउन सकिन्छ । केही समय अगाडि मात्रै सिनेमाको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा अहिले रोडमा रहेका लाख शिक्षक झै का एक शिक्षकको भुमिकामा भोलाराज सापकोटा रहेको देख्न सकिन्छ । भोला टेबुल मुनिको कारोबारको सख्त बिरोधमा देखिन्छन् । तर घरमा श्रीमतिको कचकच कम छैन् ।
धेरै भ्रष्टाचार घटना घरका महिलाको महत्वाकांक्षी ब्यवहारको कारण हुन्छ भनिन्छ । त्यस्तै देखिएको छ यो सिनेमामा ऋचा शर्माको भुमिका । बैंकबाट रिण लिएर बनाएको घर अन्तत बैंकले नै लिलाम गर्छ । आजिवन गरेको कमाई र इज्जत एक मिनेटमा धुलो बन्छ ।
ट्रेलर हेर्दै गर्दा “कौसीद”ले बोल्ने कथा यही देखिन्छ । बाकी त कुमार भाष्करले कसरी देखाएका छन् यो कथालाई हेर्नका लागि असोज २६ गते सम्म पर्खिनै पर्ने छ । यो सिनेमा मार्फत ऋचा समेत निर्माताको रुपमा आएकी छिन् । उनले केदार भुसाल लाई निर्माणमा साथ दिएकी हुन् ।
लामो समय अघि नै बनेर तयार भएको यो सिनेमा अब भने हलमा लाग्न लागेको छ । यस्तोमा यो सिनेमालाई हाम्रो तर्फबाट अग्रिम शुभकामना ।