Sur Cinema

पाएन ‘परदेशी २’ ले सोलो रिलिज

काठमाडौं : नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ले सोलो रिलिजको अवसर गुमाएको छ । सिनेमा ‘पशुपती प्रसाद २: भष्मे डन’ संगै आउने पक्कापक्की भएपछी निर्माण टिमले पटकपटक वार्ता गरेर प्रदर्शन मिति फरक पारेको थियो ।

असोज २६ गते सोलो आउने तयारी थियो ‘परदेशी २’को । तर अब यति तयारीका वावजुद सिनेमाले सोलो रिलिजको अवसर गुमाएको छ । सोही मितिबाट सिनेमा ‘कौशिद’ लाग्ने भएको हो । यी दुबै सिनेमा बनेको लामै समय भयो । तर अब बल्ल।
रिलिज हुन लागेका हुन ।

नारायण रायमाझीको कमब्याक सिनेमा ‘परदेशी २’ र पैसा माथि बनेको कुमार भास्कर निर्देशित ‘कौसिद’ एक साथ आउने छन्। तर आज असोज ५ गते र अर्को हप्ता समेत अन्य कुनै नेपाली सिनेमा रिलिज हुँदै छैनन् । यसरी एक अर्का माथी थपिन जानू भन्दा खाली समय सोलो रिलिज गर्न सके दुबै सिनेमालाई फाईदा हुन्थ्यो कि?